पशुपतिनाथ दर्शन खुला गर्ने सरकारको तयारी
काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएर १० चैत देखी बन्द भहेको पशुपतिनाथ मन्दिरको सरकारले दर्शनका लागि खुला गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने गरि पशुपति क्षेत्र विकास कोषलाई तयारी गर्न निर्देशन दिएका हुन् ।
आइतबार कोषमा आयोजना गरेको समिक्षा बैठकमा उनले पशुपति दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया