भारतलाई नेपाल सरकारको कुटनितिक नोट

काठमाडौँ - भारतीय मिडियाबाट प्रकाशित प्रसारित सामाग्रीप्रति नेपाल सरकारले आपत्ति जनाउँदै बिहीबार कूटनीतिक नोट पठाएको छ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थि दूतावासमार्फत भारतीय परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाउन निर्देशन दिएको हो ।

भारतीय सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेका कारण नेपाली जनता र नेपालको नेतृत्वको भावनामा ठेस पुर्याएको नोटमा उल्लेख छ।

पछिल्लो समय नक्सा प्रकरणले नेपाल भारतको सम्बन्धमा दरार आएसँगै भारतीय सञ्चार माध्यमले आपत्ति जनक समाचार मुलक सामाग्री प्रकाशन प्रशारण गरिरहेका छन्।