गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

विश्व्यपीमहामारी कोरोना भाइरस संक्रमण कारण दिनप्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।
आज पनि गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

न्याँ कोरोना भाइरस संक्रमण पुष्टि भएका जिल्ला तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् ।

तनहुँ जिल्लमा कोरोना संक्रमण पुष्टि भएका ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, र बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष रहेका छन् ।

म्याग्दीको जिल्लको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । दुवै जनको उमेर ३० वर्षीय र दुबै पुरुष हुन् ।
त्यस्तै, नयाँ संक्रमित पुष्टि भएका स्याङ्जाका ३ जना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।

बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरीपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको को उमेर २५ र ८५ वर्षीय दुबै पुरुष छन् ।

जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।