अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं-

काठमाडौं महानगरपालिका १४ कंलकीबजारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम डाइजेल्याब ५ सय ४ एम्पुल, बुप्रेनोर्फिन नूफिन ४ सय ३ एम्पुल र फेनारगन ३ सय ८९ एम्पुल सहित काठमाडौं दक्षिणकाली नगरपालिका १० बस्ने ३६ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त स्थानमा बा।६४ प १९२१ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी-
नियन्त्रित लागूऔषध डाइलेक्स डिसी ३ सय २६ बोतल र स्पास्मो प्रमोक्सिभन १ हजार ८ सय ७२ क्याप्सुल सहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका ४ लौकही घर भएका २९ वर्षीय पंकज यादव, भारत सपौल घर भएका २१ वर्षीय शिबु भनिने राकेशकुमार मण्डल,

सुनसरी कोशी गाँउपालिका ६ श्रीपुर घर भएकाहरु १९ वर्षीय सुनिल मुखिया, २६ वर्षीय सुनिलकुमार यादव, सोही नगरपालिका ६ बस्ने बीरेन्द्र मरवैता यादव, वराहाक्षेत्र नगरपालिका १ चतरा घर भएका ४७ वर्षीय राजु शर्मा, वराक्षेत्र ९ प्रकाशपुर घर भएका ३७ वर्षीय खेमप्रसाद लुईटेल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले को।१० प ९३३२ र को।२४ प ५४८५ नम्बरको मोटरसाइकल र मोबाइल ८ थान प्रहरीले बरामद गरेको छ ।

धनुषा -
विदेह नगरपालिका १ ठाडीबाट नियन्त्रित लागूऔषध एस्पास्मो प्रोक्सिभन प्लस २४ ट्यावलेट, एक सय एमएलको भ्हष्उयिल सिरफ १० बोतल र १ सय एमएलको च्खचभह २ बोतल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका ४ मुरलीचोक बस्ने ३८ वर्षीय राजिव झा र सोही ठाउँ बस्ने ३२ वर्षीय पंकज मिश्र रहेका छन् ।

प्रहरी चौकी ठाँडीझिंजाबाट खटिएको प्रहरीले मैनाथपुरबाट तिनकोरियातर्फ आउँदै गरेको बा।५० प ४८६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक झा र मोटरसाइकलमा सवार मिश्रलाई पक्राउ गरेको हो ।
झापा -
दमक नगरपालिका १ फाल्गुनन्द चौकबाट अवैध लागूऔषध खैरो हेरोइन ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ४९।१ ग्राम र नगर ५२ हजार ६ सय ५ रुपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका ३ स्कुलडाँडा बस्ने रोहन राई र माङसेबुङ गाउँपालिका(३ बस्ने २२ वर्षीय दिपेन लिम्बु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध तथा नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाम -
चुलाचुली गाउँपालिका(४ बस्ने २९ वर्षीया तारा लिम्बुलाई क्एब्एब्क्ष्ल् नामक लागूऔषध ट्याब्लेट १ सय ट्याब्लेट र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनको घर तलासी लिँदा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।