काठमाडौं उपत्यकामा थप ४२ संक्रमित

विश्व्यपीमहामारी कोरोना भाइरस संक्रमण कारण भारतमा दिनप्रतिदिन कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौंका २८ जना सहित उपत्यकामा ४२जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौंमा १५, भक्तपुरमा १, ललितपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै त्रिवि शिक्षण

अस्पताल महाराजगन्जमा काठमाडौंमा १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोन संक्रमण बाट ज्यान गुमाउनेको संख्या ३५ पुगेका छन् ।