अनलाइन प्रविधिबाट कार्यालय सञ्चालन
सिरहाको विष्णुपुर गाउँपालिकाले आजदेखि अनलाइन प्रविधिबाट कार्यालय सञ्चालन शुरु गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षबाट अनलाइन प्रणालीमार्फत राजश्वलगायत जिन्सीका कार्यहरु सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले जानकारी दिनुभयो
गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म पञ्जीकरण, मालपोत, पोखरी ठेक्का, नागरिकता सिफारिस, घरबाटो सिफारिसलगायत हरेक दस्तुर अनलाइनमार्फत वडा कार्यालयमै सङ्कलन गरिने
प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो । कार्यालयको काम कारवाही पारदर्शी बनाउन र जनतालाई सहज सेवा उपलब्ध गराउन अनलाइन सेवा सञ्चालन गरिएको उहाँको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको विशेष पहलमा अनलाइन सेवा सञ्चालनमा ल्याइएको आईटी अफिसर शम्भु यादवले बताउनुभयो ।
प्रतिक्रिया