भोलिदेखि चार दिनसम्म सबैभन्दा बढी पानी पर्ने कहाँ–कहाँ छ जोखिम ?

विहीवार देखि आईतवार सम्म यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ ।

जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नकालागी प्राधिकरणले यो प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरेको हो ।
जोखिम बढने समभावन रहेकाले प्राधिकरणले जानकारी गराको छ ।

प्राधिकरणका अनुसार धेरै पानी पर्दा खोलामा बाढी आउंने ,नदी र तालमा बाढी आउने सम्भावना छ । स्थानिय बासिन्दालाई सर्तता अपनाउन आग्रह गरेका छन् ।

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्ने उल्लेख गरिएको छ ।

खासगरी प्रदेश १ र प्रदेश २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विशेष आग्रह गरिएको छ ।