गंगालाल अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द


बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र गंगालाल अस्पतालमा भर्ना भएका सात बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गंगालाल अस्पतालमा भना भएका सात जनालाई कोरोना संक्रमण पुष्ट्रि भएकोले,मंगलबार आज सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

बिरामीहरुलाई कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मलाई आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले सूचनामार्फत जनाएको छ ।