काठमाडौं महानगरपालिकाद्धारा ए डिभिजन लिगका ६ वटा क्लबलाई अनुदान
शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने काठमाडौंका ६ वटा क्लबलाई काठमाडौं महानगरपालिकाले अनुदान रकम हस्तान्तरण गरेको छ।
सोमबार विशेष कार्यक्रमका बीच महानगरपालिकाले क्लबका प्रतिनिधिहरुलाई दश लाखका दरले रकम हस्तान्तरण गरिएको छ ।
महानगरले काठमाडौंमा रहेका ए डिभिजन क्लवलाई यसअघि नै अनुदान रकम दिने भनिएपनि कोरोनाका कारण केहि ढिलो भएको हो ।
महानगरको अनुदान पाउने क्लवमा लिग च्याम्पियन मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, मनाङ मस्र्याङदी, एनआरटी र सरस्वती क्लव रहेका छन् ।
प्रतिक्रिया