यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका” बिमोचन
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच “यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका बिमोचन गर्नुभएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले महिला तथा बालबालिका उपर हुने यौनजन्य अपराधका कारण शारीरिक, यौनजन्य, मानसिक, मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असरले समग्र समाजमा नै दीर्घकालीन असर पारेको उल्लेख गर्दै यौजन्य अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखि अनुसन्धान पद्दतिलाई व्यवस्थित र वैज्ञानिक बनाउनेतर्फ नेपाल प्रहरी दृढ संकल्पीत रहेको बताउनुभयो ।
यौनजन्य अपराध अनुसन्धान कार्यनिर्देशन पुस्तिका” ले अनुसन्धानकर्तालाई पूर्ण व्यावसायिक बनाई समग्र अनुसन्धान प्रणालीलाई नै उत्तरदायी र अनुमानयोग्य बनाउने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कानून कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाल प्रहरीले महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य हिंसाबाट मुक्त भई ससम्मान बाँच्न पाउने हकको व्यवहारिक प्रत्याभूति गराउन सदैव क्रियाशील रहेको बताउनुभयो ।
साथै कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन र आमनागरिकको जीवन रक्षाका लागि नेपाल प्रहरी अग्रपंतिमा रही क्रियाशील रहेको अवस्थामा महिला तथा बालबालिका विरुद्ध हुने यौनजन्य अपराधको अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरुका लागि यो पुस्तिका फलदायी हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा ग्ल्इएक् नेपालका प्रोजेक्ट म्यानेजर कोमल कार्कीले नेपाल प्रहरीसँगको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको चर्चा गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सदैव सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
प्रहरी प्रधान कार्यालय, कार्य एवम् अपराध अनुसन्धान विभागबाट तयार पारिएको उक्त पुस्तिका ग्ल्इएक् को सहयोगमा प्रकाशन भएको उक्त अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया