बाँदर धपाउने यन्त्र वितरण

दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बाँदरले किसानलाई दुःख दिन थालेपछि नगरपालिकाले बाँदर धपाउन प्रयोग गरिने यन्त्र वितरण गरेको छ।

नगरपालिकाले नौवटै वडाका किसानलाई बाँदर धपाउने यन्त्र आज वितरण गरेको हो । किसानहरुले लगाएको बाली खाएर बाँदरले दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि ३० थान बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।

बाँदरले किसानहलाई दुःख दिन थालेपछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको थियो ।

पहिलो चरणमा नगरपालिकाले ३० थान बाँदर नियन्त्रयण गर्ने यन्त्र किसानलाई वितरण गरेको र यसको प्रभावकारिताको आधारमा पुन दोस्रो चरणमा थप वितरण गरिने नगरपालिकाले जनाएको छ ।