मास्कमाथि निगरानी, मास्क नलगाउने लाई सय रुपैयाँ जरिवाना
जनकपुर-
सोमबार देखी जनकपुर नगरक्षेत्रका विभिन्न चोक र बजारमा प्रहरीले मास्क नलगाउने लाई प्रहरीले सय रुपैयाँ जरिवाना तोकेका छ ।
प्रहरीले घुमफिर गरिरहेका सर्वसाधारणलाई रोकेर सोधपुछ गरेछ । कती सर्वसाधारणहरुले गोजीमा मास्क राखेर हिँडेका छ ।
भने कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका छन् ।
प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरु माफी माग्दै सर्वसाधारणहरु अब देखी मास्क लगाएर बाहिर निसकिन्छुु भनेको छ ।
कति सर्वसाधारणलाई नियन्त्रणमा समेत लिएर एक सय रुपैयाँ जरिवाना तिर्न लगायको छ । कोरोना भाइरसका कारणले संक्रमण तीव्र गतिमा फैलिरहँदा सुरक्षाका अपनाउनको लागी प्रहरी सर्वसाधारणहरुलाई मास्क लगाउन आग्रहसमेत गरेका छन् ।
लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको धनुषाका प्रहरी उपरीक्षक रामेश्वर बस्नेतले बताएका छ ।
कोरोना महामारीबाट जोगिन जनचेतनामूलक अभियान अघि बढाएका छौं, उपरीक्षक बस्नेतले भने मास्क लगाउन र सामाजिक दुरी कायम गराउन हामी निरन्तर माइकिङ गरिरहेका छौं । त्यसैगरी, अहिले मास्क निगरानी पनि बढाएका छौँ ।
प्रतिक्रिया