एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

धनुषा-
धनुषा जिल्लाको नगराईन नगरपालिका ७ खिरखिरीबाट असार २० गते एपीएफ टोलीलेलागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २९ वर्षियदिपककुमार पुर्वे छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफटोलीले पक्राउ गरेको हो । ज १२ प ९७४९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज

पुर्वेलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा एक्सिस प्लान २४ बोतल र नाईट्रोभेट १० पत्ता फेला परेपछि पक्राउ गरिएकोहो ।

त्यसवेला एपीएफ टोलीले उनको साथबाट ७ हजार ३५ रुपैयाँ समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका पुर्वेलाई बरामद लागूऔषध र उक्त रकमसहित आवश्यक कारवाहीको लािग स्थानीय प्रहरीमा बुझाएको छ ।

सालको गोलिया काठसहित पक्राउ
रौतहट-
रौतहट जिल्लाको गुजरा नगरपालिका ४ स्थित लालबकैया खोलाको किनाराबाट असार २१ गते एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले करीव १८ क्यूफिट सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको फतुवा बिजयपुर नगरपालिका ८ बस्ने ३९
वर्षिय गफुर मोहमद छन् ।

तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उक्त सालको गोलिया काठसहित निज मोहमदलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश
जंगलसैयाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालयका कर्मचारीले पक्राउ गरेको हो ।

पक्राउ परेका मोहमदलाई बरामाद काठ तथा उक्त साईकलसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय जंगलसैयामा बुझाएको छ ।

लागूऔषध बरामद
सर्लाही-
सर्लाही जिल्लाको गोडौटा नगरपालिका १ बहादुरपुर सीमा ईलाकाबाट असार २१ गते एपीएफ टोलीले ५ सय ७० वटा वालरेक्स नामक लागूऔषध बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।