किसान र प्रहरीबीच झडप

ललितपुरको खोकनामा किसानहरु आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । पूवाकाल देखी किसानहरुको आफनो नाममा रहेको जमिन लाई पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका छ ।

पछिल्लो समय सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले बासीले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।
किसानहरुलाई प्रहरीले रोक्न खोजेपछि प्रहरीबीच झडप भएको छ ।

फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही मानिस घाइते छन्।

खेत जोतिरहेको क्मा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानिय बासीहरुले खेतमा नारावाजी गरेको छन् ।