मेयर सिंह बिनाश प्रेमी हो, उपप्रमुख सिंह
अमित ठाकुर
रौतहट-
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा मेयर धिरेन्द्र सिंह र उपमेयर अंसु सिंह लगाएत वडा अध्यक्षहरु बिच चर्का चर्की चलिरहेको हो ।
मेयर सिंह र नियमित प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे मिली नगरपालिकाको बजेटमा मौनमर्जी कार्य गरिरहेको उपमेयर सिंहले आरोप लगाएको हो।
राजदेवी नगरपालिकाको उपमेयर सिंहले नगरपालिमामै गरेको पत्रकार सम्मेलनमार्फत भने म नगरपालिकाबाट कुनै कागज मेयर साहेबको रुमबाट लगेको छैन् यदी लगेको छु भने प्रमाणित गर्नु हावाको कुरामा लागि मेयर साहेबले निकालेको बिज्ञप्तीको घोरभत्सना गर्दैछु।
उपमेयर सिंहले भने केही दिन पहिला स्वास्थ्य सम्बन्धि भएको टेन्डरमा अनियमितता भएको भन्दै जनकपुरका ठेकेदारले टेन्डर भर्न आएपछि समय सकेको भन्दै नगर प्रहरी र कार्यलय सहयोगीलाई पटक पटक सोद्धा खेरी सो बैठक रुमको साँचो नदिएपछि बाध्य भई ताल्चा तोडेको थिए।
तर ताल्चा तोडेपछि कुनै किमिमको कागज मैले नलगेको उपमेयर सिंहले बताएका छिन्। नगरपालिकामा उल्टै मेयर सिंह र नियमित प्रमुख प्रशासकीय अधिकृत पाण्डेले मलाई र केही वडा अध्यक्षलाई बाईकाट गरि भ्रष्टाचारै भ्रष्टाचार गरे उपमेयर सिंहले आरोप लगाएका हो ।
मेयर सिंहले आफु गरेको भ्रष्टाचार लुकाउन बिनाकारण मलाई बदनाम गरेको उपमेयर सिंहले जनाएकी छिन्। शिक्षा क्षेत्रमा सबै भन्दा पछाडि परेको हाम्रो नगरपालिकामा साक्षरता अभियान चलाउँदा मेयर सिंहको संयोजकत्वमा बिना बैठक बसाइँ कागजैमा बैठक गरि पछाडिको मितिमा हस्ताक्षर गराई आफै फर्जी कार्य गरिरहेको उपमेयर सिंहले बताएका छन् ।
मेयर सिंहले नगरपालिकाका वडा अध्यक्ष सहित वडा सदस्यलाई बैठकमा सहभागी हुन निम्तो पठाएपछि बैठक सुरु हुनु पुर्व नियमित प्रमुख प्रशासकीय अधिकृत पाण्डेले मेयर साहेबको आदेशमा १ घण्टा पहिला नै बैठक स्थगित गरेको र अहिले सम्म बैठक नबसेको उपमेयर सिंहको भनाइ ।
मेयर सिंह आफु नगरपालिकामा एकलौटी शासन चलाई अहिले मलाई बदनाम गर्न मेरो बहुमत नै नरहेको चारैतर्फ भन्दै हिडेको उपमेयर सिंहले बताईन्। मेयर सिंहकै बहुमत नरहदा पहिलाको दिनमा नगरसभा कसरी भयो भने उपमेयर सिंहले प्रशन उठाएकी छिन् रु मेयर सिंहको एकलौटी शासनको चौतर्फी बिरोध चलिरहदा मेयर सिंहले नगरसभा अहिले नगर्न आलटाल गरि रहेको उपमेयर सिंहले बताएका छन्।
उपमेयर सिंहले भनिन् १ हप्ता भित्र नगरसभा भएन भने हामी बहुमतका साथ श्रावण महिना पछि कानुनी उपचार खोज्ने उपमेयर सिंहले बताईन्।
मेयर सिंहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा गत बर्ष संयोजक हुँदाहुँदै पनि अर्कोको नाउँमा २२ लाख रुपैयाँ निकासा गरेको उपमेयर सिंहले बताईन्। तयस्तै नगरपालिकामा राजश्व के कति आयो ईन्धनमा के कति खर्च भयो भने जानकारी गराउन पटक पटक भनेतापनि
नियमित प्रमुख प्रशासकीय अधिकृत पाण्डेले कानै न सुनेको र आफ्नै नगरपालिकामा पटक पटक लिखित माग्दा पनि अहिले सम्म कुनै कागजात नदिएको उपमेयर सिंहले बताईन्।
मेयर साहेबले बाँधमा माटो पुर्न र कालोपत्र गर्न साह निर्माणलाई सिंगो टेन्डर पारी बाँध छेउबाटै माटो कटान गरि बाँधमा माटो पुर्न कार्य गरिरहदा बाँध झन् कम्जोर बन्दै गएको उपमेयर सिंहले जनाएकी छिन्।
भ्रष्टै भ्रष्टले भरीएको हाम्रो नगरपालिकामा अख्तियारको ध्यानाकर्षण पनि नभएको र यस्ता कार्य गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले त्यसतै छोडी झन् बढावा दिई रहेको उपमेयर सिंहले बताएका छने् ।
दर्ता चलानी गर्न नियमित प्रमुख प्रशासकीय अधिकृत पाण्डे संग रजिस्ट्र् माग्दा रजिस्ट््र्र मेरो घरमा छ मैम म अहिले ल्याई दिन छु भन्नेर तर ५ बजे सम्म रजिस्ट्र् नल्याएपछि नगरपालिका नै मेयर र प्रमुख प्रशासकीय अधिकृतको घरमा चलिरहेको उपमेयर सिंहलेबताएका छिन ।
नगरपालिकाको आय ब्याय खोज्दा मलाई बदनाम गर्न मेयर सिंहले नयाँ तरिका अपनाएको उपमेयर सिंहले बताईन्।
प्रतिक्रिया