डडेल्धुरामा पिसिआर मेसिन किन्न सहयोग अभियान
काठमाडौं–सुदूरपश्चिमको डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाजले अभियान चलाएका छन् ।
अभियानमा स्वदेश तथा विदेशबाट रकम संकलन हुनेक्रम जारी छ ।
अभियानका लागि काठमाडौंबाट ८ लाख १३ हजार ६ सय ६५ रुपैयाँ संकलन भैसकेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेशनले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
फाउण्डेसनका संस्थापक एवं अग्रज पर्यटनकर्मी अमरबहादुर शाहीको संयोजकत्वमा चर्चित खेलाडी दिपक बिष्ट, क्रिकेट प्रशिक्षक जगत टमाटा, पत्रकार प्रशान्त अर्याल र युवा व्यवसायी राजु अवस्थीको नेतृत्वमा काठमाडौंमा सहयोग संकलन गरिएको हो ।
काठमाडौंमा संकलित रकम सुदूरपश्चिम पुग्नु अघि नै डडेल्धुराको क्षेत्रिय अस्पतालमा पिसिआर मेसिन स्थापना गरेर परिक्षणको काम सुरु भैसकेको छ ।
यसबाट सुदूरपश्चिम प्रदेशका ७ वटा पहाडी जिल्लाका बासिन्दाको कोरोना भाइरस परिक्षण गर्न सहयोग पुग्नेछ ।
प्रतिक्रिया