चट्याङ लागेर मृत्यु

बारा-
कलैया उपमहानगरपालिका १२ शितलपुर बस्ने ३५ वर्षीया आशा देवी कोइरी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर बिहीबार बिहान मृत्यु भएको छ । खेतमा धान रोप्ने क्रममा चट्याङ लाग्दा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी बारा, फेटा गाउँपालिका १ त्रिवेणीस्थित खेतमा धान रोपी रहेको अवस्थामा चट्याङ लाग्दा सोही ठाउँ बस्ने ३० वर्षीया सेन्डु देवी र ४० वर्षीया सुनारपति देवीको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।