लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मकवानपुर-
लागूऔषध ओसार पसारमा संलग्न रहेका फरार प्रतिवादी झापा मेची नगरपालिका ७ बस्ने ३८ वर्षीय दिपक ढुङ्गेललाई सोही नगरपालिका ६ काँकडभिट्टा बजारबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ माघ ११ गते राति मकवानपुर हेटौंडा उपमहानगरपालिका १० स्थित सडकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ६९०

नम्बरको बस जाँच गर्दा अवैध लागूऔषध गाँजा १० किलो ५ सय ६० ग्राम फेला पारेको घटनामा ढुङ्गेल संलग्न रही फरार रहेका थिए ।

पक्राउ परेका ढुङ्गेललाई आवश्यक कारवाहीको लागि मकवानपुर जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।