मदिरा बोकेको ट्याक्टर पक्राउ
अमित ठाकुर
रौतहट -
ईशनाथ नगरपालिकाको वडा नंबर ३ गएराती प्रदेश प्रहरीको सादा पोसाकमा रहेको प्रहरीले भारत तर्फ लैजादै गरेको मदिरा सहित ट्याक्टर र ड्राइभरलाई पक्राउ गरेको हो ।
बिश्वब्यापी महामारीरुपमा फैलिएको कोरोना भाइरसको मौका छोपी तस्कर समुहले बोर्डर ईलाका तस्करीमा संलग्नता रहेता पनि प्रदेश प्रहरीले अबैध मालसमान समात्न कुनै कसर नछोडेको प्रदेश नंबर २ का डिआईजी धिरज प्रताप सिंहले जनाएको हो।
नेपाल भारत बोर्डर सिल रहदा तस्कर समुहले तराई क्षेत्रमा अबैध भन्सार छली गरि ढुवानी गरिरहेको देखिएको हो।
अबैध ढुवानी नियन्त्रण गर्न तथा प्रदेश नंबर २ लाई तस्करी मुक्त प्रदेश बनाउन प्रदेश नंबर २ का प्रहरी कुनै कसर नछोड्ने डिआईजी सिंहले जनाएको हो।
बिशेष सुकारीको अधारमा प्रदेश २ बाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले ईशनाथ नगरपालिकाको वडा नंबर ३ मठियामा ना ५ त २५५८ नं को ट्याक्टर सहित अबैध मदिरा पक्राउ गरेको छ । डिआईजी सिंहले जनाएको हो।
तस्कर समुहले राजपुरबाट लौतना हुँदै भारत तर्फ लैजाँदै गरेको ८ लाख ५२ हजारको अबैध मदिरा सहित ट्याक्टर पक्राउ गरेको हो।
भारतको बिहारमा मदिरामा प्रतिबन्ध लगाउँदा नेपाल भारत बोर्डरबाट अबैध मदिराको तस्करी भईरहेको बताएको छ ।
गए राति प्रदेश प्रहरीका टोलीले ट्याक्टर चालक रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ६ बस्ने २५ बर्षीय सरोज प्रसाद पटेललाई नियन्त्रणमा लिएको डिआईजी सिंहले जानकारी दिएका छन्।
पक्राउ परेको सौफी रक्सी, क्यान वियर, गोल्डेन ओके रक्सी, ट्याकटर र मानिस सहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा पठाईएको डिआईजी सिंहले बताएको हो।
प्रतिक्रिया