बुद्धकृष्ण श्रेष्ठः जस्ले आठौंपटक छेडे जिब्रो
बुद्धकृष्णवाग श्रेष्ठ, जस्ले मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि जिब्रो छेडेका छन् । गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्रालाई निरन्तरता दिन वुद्धकृष्णले आठौं पटक जिब्रो छेडेका हुन् ।
जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।
४८ वर्षीय श्रेष्ठले परम्परा जोगाउन आफूले आठौं पटक पनि जिब्रो छेढ्न पछि नपरेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया