क्वारेन्टाईनको सार्बजनिक सुनुवाइ सम्पन्नं

लम्की -
कैलालिको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ ले सञ्चालन गरेको क्वारेन्टाईनको सार्बजनिक सुनुवाइ सम्पन्नं गरेको छ ।
वडामा सञ्चालित बिभिन्न १० वटा विद्यालयमा क्वारेन्टिन निमार्ण गरी भारत तथा तेस्रो मुलुक बाट आएका वडा बासिलाई राखिएको थियो ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को जोखिमलाई कम गर्नका लागि नेपाल सरकारले लिएको निति र मापदण्ड अनुसार निमार्ण गरीएका क्वारेन्टिनमा भएको खर्चको विबरण सार्बजनिक सुनुवाई गरी पारित गरीएको वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगरले जानकारी दिनु भएको छ ।

क्वारेन्टाईनमा राखिएका करीब ६ सय बढी वडा बासिलाई ब्यबस्थापनको लागि गरीएको खर्च बारे सबैलाई जानकारी दिन सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष नेत्र सुनाखरी मगरले जानकारी दिनु भएको छ ।

भारत तथा तेस्रो मुलुक बाट आएकाहरु लाई विभिन्न ठाउमा १० स्थानमा क्वारेन्टिन निर्माण गरि राखिएको थियो । जसमा ४ सय ८३ पुरुष र १ सय २८ महिला गरि जम्मा ६ सय ११ जना लाई वडा कार्यालयले क्वारेन्टिन बनाइ ब्यबस्थापन गरेको थियो ।

आज सम्म यसको ब्यबस्थापनमा ३१ लाख ९ हजार ९९ रुपैया खर्च भएको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा सचिव लिलिराज खत्रीले आर्थिक प्रतिबेदन सार्बजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

सार्बजनिक सुनुवाईमा वडाका १० क्वारेन्टाईनमा रहेका ६ सय ११ जनामध्य स्वास्थ्य चेकजाचको क्रममा ५२ जनामा र्यापिट टेष्टमा पोजेटीभ देखिएको र १८ जनामा पसिआरमा कोरोना पोजेटीभ देखिएको जनाइएको थियो । संक्रमित सबैको स्वास्थ्य अवस्था समेत सामान्य रहेको जानकारी गराइएको थियो ।

नगरपालिकाका अन्य वडामा निमार्ण गरीएका क्वारेन्टाईनमा मापदण्ड अनुसारको नभएको गुनासो आए पनि वडा नम्बर ६ मा भने राम्रो भएको वडामा रहेका बिभिन्न राजनितिक दलका प्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले धारणा राखेका थिए ।

खर्चको विवरण पारदर्शी भएको र कसैले बुझ्न चाहेको खण्डमा सम्पुर्ण बिल आफुहरुले उपलब्ध गराउने वडा कार्यालयको भनाइ छ । क्वारेन्टाईन ब्यावस्थापनको सार्बजनिक सुनुवाई गरी आर्थिक पारदर्शि गर्ने लम्कीचुहाको नभई यो वडा देशकै पहिलो वडा बन्न सफल समेत भएको वडा बासिको भनाई छ ।

कार्यक्रममा लम्किचुहा नगरपालिकाको वडा नम्बर ६ का बिभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवि, टोल संयोजक, क्वारेन्टाईन ब्यावस्थापकहरु, स्थानियहरु यस क्षेत्रका बिभिन्न मिडियामा आबद्ध सन्चारकर्मी र स्थानीयको सहभागीता रहेको थियो ।