भरतपुरमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना

विश्व्यापीरुपमा महामारी कारोना भाइरसका कारणले दिनका दिन संक्रमण थपिदै गएका छन् ।

चितवनकाे भरतपुर अस्पतालमा कोरोना भाइरस प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार १०१ जनामा परीक्षण गदा परीक्षणमध्ये २५ जनामा पोजेटिभ र ७६ जनामा नेगेटिभ देखिएको हो ।

२५ मध्ये १३ जना चितवनका र १२ जना अन्य जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनको भरतपुर अस्पतालमा दिएको जानकारी अनुसार माडी नगरपालिकाका २ पुरुष कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पताले दिएको जानकारी अनुसार माडी नगरपालिकाका २ पुरुष कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा रहेका माडी ५ र ३ नम्बर वडाका २५ र ७३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै भरतपुर महानगरपालिका वडा ७ र २२ का २६ र ५० वर्षीय पुरुष, भरतपुर ११ की ४५ वर्षीया महिला, नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुरकै वडा ७ का ६१ वर्षीय पुरुष, भरतपुर ४, ९, २२, २५ र २६ का क्रमशः ४८, ४०, २१, २५, २६, २२ वर्षीय पुरुष र राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको छ ।