ट्याक्सी व्यवसायी उत्रिए प्रदर्शनमा भोकले मर्ने भइयो भन्दै

विश्व्यापीरुपमा कोरोना भाइरसका कारणले लामोसमय सम्म लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरुले आन्दोलनमा उत्रिएका छन् ।

उनीहरु ट्याक्सी चलाउन नपाएर ,भोकले मर्ने भइयो भन्दै मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

लामो समयसम लकडाउनको कारणले ट्याक्सी व्यवसायीहरुले घरभाडा दिर्ने नसकेर,भोकले मर्ने भइयो भन्दै नयाँबानेश्वरको –तीनकुने सडक मा प्रदर्शन गरेका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’ घरबेटीले कोठा भाडा माग्यो सरकार’ कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’ लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।
सरकारले कोरोना भाइरस माहामारी फैलिन नदिने गरी लकडाउन अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।