सर्लाहीमा नेकपा र कांग्रेसबीच झडप

सर्लाही जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताबीचको झड हुँदा गोलीसमेत चलेको छ ।

दुई नेकपा र कांग्रेस दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा प्रदर्शनको क्रममा गोली चलेकोउक्त झडप धनकौल गाउँपालिकामा भएको र गोली चल्दा केही कार्यकर्ता घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।

साथै, त्यस स्थानमा रामनगरका नेकपाका कार्यकर्ता ६० वर्षीय बृद्ध रामजल राय यादवको एक हप्ता अगाडि मृत्यु भएको बताइएको छ ।

उनको नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको नेकपाले आरोप लगाएको प्रहरीको भनाइ छ । यस्तै, दुई नेकपा र कांग्रेस दुई पार्टीका कार्यकर्ताबीच झडप सोही हुँदा प्रदर्शनको क्रममा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  उक्त घटनाबारे अनुसन्धान भइरहेको छ भन घाइते सबैको अवस्था सामान्य रहेको छ।

मृतक बृद्ध रामजलको शव जिल्ला अस्पताल सर्लाहीको शव गृहमा राखिएको प्रहरीको भनाइ छ । यस सम्बन्धमा जिल्ला प्रहरी अनुसन्धान गरिरहेको छ ।