सलह किरा संकलन गरेर बुटवलका दुई जनाले कमाए १ सय ७० रुपैया

काठमाडौं - भारतबाट भत्रिएको सलह कीरा संकलन गरेर २ बालबालिकाले १ सय २० रुपैया पाएका छन् । सलह किरा संकलन गरेर बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगरका अच्युत न्यौपाने र सविना थारुले १ सय २० रुपैया पाएका हुन् ।

उनीहरुले साढे ८ किलो सलह किरा संकलन गरेर वडा कार्यालयलाई बुझाएका हुन् ।

प्रदेश-५ सरकारले सलह छोपेर ल्याउने व्यक्तिलाई प्रतिकेजी २० रुपैयाँ प्रोत्साहनस्वरुप दिने निर्णय गरेसँगै कीरा संकलन थालिएको छ ।

अच्युत न्यौपानेले ५ किलो किलो कीरा छोपेर १ सय रुपैया पाएका हुन् भने सविना थारुले साढे ३ किलो सलह गरेर ७० रुपैया पाएका हुन् । संकलन भएको सलह वडा कार्यालयले कुखुरा पालकलाई दिएको बताइएको छ ।