शनिबार, मंसिर ०७, २०७६ | Saturday, November 23, 2019

काठमाडौँ
सर्वोच्चमा रिट   * भ्रमण वर्षको सदस्य सचिवमा श्रेष्ठ नियुक्त   * यस्ता रोग भएका मानिसले लसुन खानु उचित हुँदैन   * अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि   * क्रियाशील दलित पत्रकार संघ नेपाल गठन   * विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश   * बज्राचार्य अवार्डस् पुस १२ मा हुने   * एन्टिबायोटिकको जथाभावी प्रयोगले भयावह अवस्था निम्त्याउने, ४५ सेकेन्डमा १ को मृत्यु   * समाजवादी पार्टी सरकार छाड्दै   * महरा प्रकरण : उच्च अदालतले दियो ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश   *
शनिबार, मंसिर ०७, २०७६ Saturday, November 23, 2019
अन्य

जर्बजस्ती करणीमा ३० लाख क्षतिपुर्ति र ७ बर्ष कैद फैसला

३०-आश्विन-२०७६ | ०६:५८:०१ am

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ ।

निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्ममगुरुसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको कुरा पाटन उच्च अदालतमा अभिलेख छ ।

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकाप र झुक्यानमा पारी एवम् शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

उच्च अदालत पाटनको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ ।

Leave a Reply