रास्वपाका सभापति लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न अनुमति
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न अनुमति दिएको छ ।
पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटाउन आदेश दिएको हो ।
अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने स्पष्ट गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयको स्वीकृतिपछि दायर गरिएको अभियोग संशोधनसम्बन्धी निवेदन कानुनसम्मत रहेको ठहर गर्दै अदालतले संशोधन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।
विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएको थियो ।
अदालतका अनुसार ३० पुस २०८२ मा गरिएको त्रुटि संशोधन तथा २ माघ २०८२ मा भएको निर्णयअनुसार अभियोग संशोधनको प्रक्रिया अगाडि बढाइएको हो ।
यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिइसकेको छ ।
अदालतको पछिल्लो आदेशसँगै लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोगमा भने मुद्दा प्रक्रिया यथावत् रहने भएको छ ।
विद्युतीय गाडी आयात विवादमा अर्थ मन्त्रालयको तथ्यसहितको जवाफ
हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै
बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने
अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम
प्रतिक्रिया