अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ ।
यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन सम्बन्धमा पुनः तनाव बढ्न सक्ने अनुमान गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय सवारी निर्माता बीवाइडी तथा अन्य कम्पनीहरूलाई समावेश गरेको छ ।
पेन्टागनका अनुसार यी कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ सैन्य क्षमतासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशङ्का गरिएको छ । यो सूची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि सार्वजनिक गरिएको हो । उक्त भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । त्यसपछि ट्रम्पले सीलाई आगामी सेप्टेम्बरमा वासिङ्टन भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।
यद्यपि पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको छ । रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो ।
सोमबार सार्वजनिक गरिएको नयाँ सूची अधिकांश रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ । तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनीलाई पुनः समावेश गरिएको छ । ती कम्पनीहरू चाङ्सिन मेमोरी टेक्नोलोजी र याङ्जे मेमोरी टेक्नोलोजी हुन् ।
अमेरिकी संसद्को चीनसम्बन्धी विशेष समितिका रिपब्लिकन अध्यक्ष प्रतिनिधि जोन मुलेनारले यो सूचीलाई अमेरिकी व्यवसाय, सरकारी निकाय र सर्वसाधारणका लागि चेतावनीका रूपमा व्याख्या गरे । उनले अमेरिकी कम्पनीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम भएका यस्ता संस्थासँगको व्यापारिक सम्बन्ध पुनर्विचार गर्न आग्रह गरे । सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडू र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी मानिन्छन् ।
टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो । यद्यपि यी कम्पनीहरूलाई सूचीमा राखिए पनि तत्काल कडा कानूनी प्रतिबन्ध भने लाग्ने छैन । तर विश्लेषकहरूका अनुसार यस्तो सूचीलाई भविष्यमा थप कडा प्रतिबन्ध, लगानी नियन्त्रण वा अन्य दण्डात्मक उपायहरूको पूर्वसङ्केतका रूपमा हेरिन्छ ।
नयाँ सूचीमा औषधि अनुसन्धान कम्पनी वुक्सी एपटेक तथा मानव आकारका रोबोट विकास गर्ने स्टार्टअप कम्पनी युनिट्रीलाई पनि समावेश गरिएको छ । अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिकता र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशङ्का बढ्दै गएको सन्दर्भमा यस्तो कदम चालेको जनाएको छ । https://nepalnews.com/2026/06/09/chinese-tech-companies-targeted-by-the-us/?utm_source=nepalipatro&utm_medium=np_mobile&utm_campaign=np_news
ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस
नेपाल सरकारले रेडक्रस सोसाइटीको पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति ग…
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति स्वागत : ज्ञानेन्द्र …
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता …
एकताबद्ध भएर जनतामाझ जान कार्यकर्तालाई ओलीको निर्देशन
१९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट: मधेस अविजित, कर्णालीको निरन्तर ते…
रास्वपाका सभापति लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न …
प्रतिक्रिया