चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
गृहमन्त्री गुरुङले अबदेखि देशमा घटेका हरेक अपराध र घटनाका फाइलहरू खोलिने उद्घोष गरेका छन् । गृह मन्त्रालयका तर्फबाट चारवटा महत्त्वपूर्ण र गम्भीर निर्णयहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन गर्नेदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउनेसम्मका निर्णयहरू सुनाएका छन् ।
गृहमन्त्रीले सुनाएका ४ महत्त्वपूर्ण निर्णयहरू यसप्रकार छन् ।
१. जेनजी आन्दोलनका मुद्दाः जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा लगाइएका फौजदारी अभियोजनका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गरिनेछ ।
२. दरबार हत्याकाण्डको थप छानबिनः विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाइनेछ ।
३. सूचना चुहावट रोक्न एसआईभीटी गठनः गृह मन्त्रालय र सुरक्षा निकायबाट हुने संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम (एसआईभीटी) गठन गरिनेछ ।
४. सीआईबीमा विशिष्टीकृत समूहः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त र प्रभावकारी बनाइनेछ । हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिँदै ब्युरोमा रहेका जघन्य, आर्थिक र सङ्गठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृतिअनुरूपको विशिष्टीकृत समूह गठन गरिनेछ ।
'मिडिया ट्रायल र चरित्र हत्या सहन्नौँ'
निर्णय सुनाउनुअघि गृहमन्त्री गुरुङले नागरिकको चरित्र हत्या गर्ने र मिडिया ट्रायलका नाममा दुःख दिने प्रवृत्तिप्रति कडा चेतावनी दिएका थिए । विशेषगरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने उनले स्पष्ट पारे ।
‘मिडिया ट्रायलको नाममा हाम्रो देशमा कसैले आत्महत्या गर्न नपरोस्, आइन्दा हाम्रो समाजमा यस्तो प्रवृत्ति नरहोस्,’ उनले भने, ‘कुनै नेपाली नागरिकको अपमान गर्न, चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय एकदम संवेदनशील भएर एक्सनमा उत्रिनेछ ।’
आफूमाथि जतिसुकै आरोप लागे पनि र आक्रमण भए पनि टेक्न सक्ने तर नागरिकलाई दुःख दिएको हेर्न नसक्ने उनको भनाइ थियो । आलोचना र आरोपहरू तथ्यमा आधारित हुनुपर्ने र तोडमोड गर्न नहुने भन्दै उनले भने, ‘जति अट्याक गर्नु छ बरु मलाई नै गर्नुहोला, नो प्रब्लम ।’
मन्त्रालयले गरेका निर्णयहरू अत्यन्तै गम्भीर रहेको बताउँदै मन्त्री गुरुङले अन्त्यमा भने, ‘अब हरेक फाइल खोलिन्छ ।
अर्थमन्त्री डा. वाग्लेमाथि उठेका प्रश्नको खण्डन, ३ पेजको स्पष्टीकरण
अहङ्कारक कारण एमाल साढ १४ लाख नतमा सीमित रवि-बालेनका लागि खनेको खाल्डोमा …
नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
अलपत्र जलविद्युत् आयोजनामाथि कडाइ, प्रतिस्पर्धात्मक लाइसेन्स प्रणालीको सिफारिस
गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे दरबार हत्याकाण्ड छानबिन अघि बढाउने निर्णय
प्रतिक्रिया