गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे दरबार हत्याकाण्ड छानबिन अघि बढाउने निर्णय
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए ।
उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने समेत बताए ।
गुरुङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्ने घोषणा गरे । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई थप प्रभावकारी बनाउँदै, हाल प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिए ।
उनले भने, ‘जेनजी आन्दोलनसँग सम्बन्धीत घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानविन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने, २०५८ साल जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानविन अगाडि बढाउने, गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म अध्ययन गरी कारबाही गर्न सुरक्षा निकायमा एसआईभिटी गठन गर्ने, नेपाल प्रहरीअन्तर्गत रहेको सिआईबीलाई थप प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका जघन्य अपराधका सबै फाइलहरुलाई सिघ्र टुंगोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका आर्थिक, संगठित अपराध लगायतका मुद्दा अनुसन्धान गर्न मुद्दाको प्रकृति अनुरुप विशिष्टकृत समूह गठन गर्ने निर्णय गरेका छौँ ।’
मन्त्री गुरुङले कुनैपनि नागरिकमाथि चरित्रहत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताए ।
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
अर्थमन्त्री डा. वाग्लेमाथि उठेका प्रश्नको खण्डन, ३ पेजको स्पष्टीकरण
अहङ्कारक कारण एमाल साढ १४ लाख नतमा सीमित रवि-बालेनका लागि खनेको खाल्डोमा …
नवनियुक्त गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
अलपत्र जलविद्युत् आयोजनामाथि कडाइ, प्रतिस्पर्धात्मक लाइसेन्स प्रणालीको सिफारिस
प्रतिक्रिया