दुई मन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री र सभामुखको भलाकुसारी
संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) खोजिरहेका छन् ।
सीमा विवाद सम्बन्धी अभिव्यक्तिका विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका बेला सभामुख डोल प्रसाद अर्यालले मंगलबार प्रधानमन्त्री बालेनसँग भेट्ने मौका पाएका हुन् ।
गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको शपथ ग्रहण समारोहमा उनीहरूबीच भेट भएको हो ।
दिउँसो ३ बजेका लागि शपथको समय तय भएको थियो । तर त्यसमा केही ढिलो भयो । शपथको समयमा पानी परेकाले पनि अझ शपथ ग्रहण सुरु हुन ढिलाइ हुन पुग्यो ।
यस अवसरमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनसँग भलाकुसारी गर्ने समय पाएका हुन् । शपथ सुरु नहुँदासम्म पनि उनीहरू कुराकानी गरिरहेका थिए ।
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि
पर्सामा पनि रवि लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता
सीआईबीले समात्यो बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
डोनाल्ड ट्रम्पले ल्याएको एक लाख डलर भिसा शुल्कमा अदालतको रोक, यस्तो छ फैसला
ट्रम्प र नेतन्याहुबीच खटपट
प्रतिक्रिया