मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन
मन्त्रिपरिषद्को आज बसेको बैठकमा डिडीसीका उत्पादनहरु वितरण गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई डिडीसीका उत्पादनहरु बाँडिएको हो ।
सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपभोग वृद्धि गर्ने सन्देशसहित मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का दुग्धजन्य उत्पादन वितरण गरेको बैठकमा सहभागी मन्त्रीहरुले बताए ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई दूध, दही, पेँडा, केशर दूध, बटर, चिजलगायत उत्पादन उपलब्ध गराइएको हो। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको संरक्षण, किसानको हित र डीडीसीको संस्थागत सुदृढीकरणका लागि स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन आवश्यक रहेको बताइन्।
उनले डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारको तर्फबाट उपभोग र प्रचार–प्रसारमा सहयोग गर्नुपर्नेमा जोड दिइन्।
सरकारी स्वामित्वमा रहेको डीडीसीले लामो समयदेखि नेपाली उपभोक्तालाई दूध, घिउ, दही, पनिर तथा चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको छ। मन्त्रिपरिषद् बैठकमा उत्पादन वितरण गरिएको कदमले संस्थानको प्रवर्द्धन अभियानलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि पनि डीडीसीका उत्पादनको प्रचार–प्रसार गर्दै स्वदेशी वस्तुको प्रयोग बढाउन आग्रह गरेका थिए।
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि
पर्सामा पनि रवि लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता
सीआईबीले समात्यो बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
डोनाल्ड ट्रम्पले ल्याएको एक लाख डलर भिसा शुल्कमा अदालतको रोक, यस्तो छ फैसला
ट्रम्प र नेतन्याहुबीच खटपट
प्रतिक्रिया