इतिहास अध्ययन गर्न प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझाव
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको अध्ययन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरु ३५ वर्ष यताको हुन् भनि उल्लेख गरेकोमा आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराएका हुन् ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता केसीले प्रधानमन्त्री साहको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने पनि बताए ।
प्रधानमन्त्रीले सीमा सम्बन्धि दिएको आपत्तिजनक अभिव्यक्ति परराष्ट्रमन्त्री वा आफूले दिँदा हुने धारणा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएपछि उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ भरिया लगाएर दिएर नहुने स्पष्ट पारे ।
प्रधानमन्त्रीले आफनो अभिव्यक्ति सच्याएर अघि बढ्नुपर्ने पनि उल्लेख गर्दै नेता केसीले नेता केसीले संसदलाई सुचारु गराउने जिम्मेवारी सरकारको भएकाले उसले पहल गर्नुपर्ने बताए ।
दुई मन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री र सभामुखको भलाकुसारी
मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
ट्रम्पको दाबी : मध्यपूर्व शान्ति सम्झौता ‘अन्तिम चरण’ मा
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
सातै प्रदेशमा भेला गरिने, एमाले पुनर्गठन कार्यदलको सदस्य सचिवमा पोखरेल,
प्रतिक्रिया