आगलागीबाट १२ घर नष्ट
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।
स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिनुभयो ।
आगलागीको कारण खुलेको छैन भने यसबाट करिब रु २५ लाखको क्षति भएको उहाँले बताउनुभयो । स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणमा आफैँ छाता ओढेर शीतल निवास पुगे प्रधानमन्त्री…
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
शपथका लागि शीतल निवास पुगे सुधन र महावीर
इरानले होर्मुज नकिजै किन खसाल्यो अमेरिकी हेलिकप्टर?
अतिक्रमित संरचना हटाइयो
प्रतिक्रिया