"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाबारे दिए यस्तो प्रतिक्रिया

काठमाडौँ।
नयाँ मन्त्रिमण्डल विस्तारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने चर्चाका बीच ⁠म्याग्दी–१ का स्वतन्त्र सांसद महावीर पुन संसद् भवनबाट बाहिरिएका छन्।

⁠प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्री पदका लागि सिफारिस गरेको र आजै शपथ ग्रहणको तयारी भइरहेको हल्ला चलिरहँदा पुनले भने सञ्चारकर्मीहरूसँग  आफ्नो प्रस्ट शैलीमा प्रतिक्रिया दिएका हुन्।

संसदबाट निस्किने क्रममा मिडियाकर्मीहरूले सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, "आविष्कार केन्द्रमा एउटा काम परेर एकैछिनमा फर्किने गरी जाँदैछु। मन्त्री हुने कुरा मलाई थाहा छैन, कुनै पत्र पनि आएको छैन। पत्याउँदैनौ भने मोबाइल देखाइदिन्छु।"

सधैँ सरल र स्पष्ट स्वभावका धनी पुनले आफ्नो बन्ने भनिएको नयाँ मन्त्रालय र नियुक्तिबारे कुनै पनि औपचारिक जानकारी नआएको दाबी गरेका छन्। यद्यपि, बालुवाटार र शीतल निवास स्रोतले भने आजै उनको शपथ ग्रहणको तयारी पूरा भइसकेको जनाएको छ।