प्रतिनिधि सभाको बैठक आज पनि स्थगित

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलले विरोध जनाएपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका थिए। 

उनीहरूले प्रधानमन्त्री शाहको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे। प्रधानमन्त्री शाहले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने पनि उनीहरूको माग छ। 

विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।