नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
म्याग्दी नदीको कटान र बाढीको जोखिममा परेको तातोपानी बस्ती संरक्षणका लागि जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले ठेक्कामार्फत ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।
कार्यालयका इन्जिनियर नरजङ गुरुङले मसारस्थित म्याग्दी नदी किनारमा एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु तीन करोड ६८ लाख ८६ हजार ४८६ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी÷जेमी जेभीसँग विसं २०८२ वैशाख १० मा रु दुई करोड ७१ लाख ८४४ मा सम्झौता भएको थियो ।
आगामी असार २० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा एक महिनाअगावै योजना सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले जानकारी दिनुभयो । गत माघ महिनादेखि निर्माण थालिएकामा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत कम्पनीले पाएको जिम्मेवारी समयमै पूरा गरेको उहाँले बताउनुभयो ।
विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । योजना सम्पन्न भएपछि नदी कटानको जोखिममा रहेको फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घरपरिवार लाभान्वित भएका छन् ।
करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।
गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती माविको पछाडि ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो ।
यस्तै, प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, शेयर र ग्यावियन पर्खाल निर्माण गरिएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा थप संरचना निर्माण गरिएको छ । प्राकृतिक उपचारस्थलको रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल हो ।
राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न हर्क साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता
"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाब…
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन
प्रतिक्रिया