प्रधानमन्त्रीलाई थेबेले भने– संवेदनशील विषयमा नबोले इतिहासले माफ गर्दैन

काठमाडौं । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माफी मागेर संसद्को अवरोध छिटै हटाउन माग गरेका छन् । मंगलबार (जेठ २६) प्रतिनिधिसभा बैठकमा उनले आफूहरु विरोधका निम्ति आसनमा नउभिएको बताए ।

“विरोधका निम्ति विरोध गर्न उभिएका छैनौँ । यस्तो संवेदनशील विषयमा बोलेन भने इतिहासले पनि माफ गर्दैन,” उनले भने । 

उनले प्रधानमन्त्रीकै शब्दबाट ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने सच्याइनुपर्नेमा जोड दिए । “प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निर्क्यौल गर्नुपर्छ । उहाँकै भाषामा भुलचुक माफी मागी अघि बढ्नुपर्छ,” उनले भने ।

उनले आर्थिक विधेयकमा ‘नियत’ देखिएको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्ले जिम्मेवार बन्नुपर्ने बताए ।