महावीर भन्छन्ः बधाई खाइरहेको छु, मन्त्री भएको जानकारी छैन
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र (शाह) बालेन ले स्वतन्त्र सांसद् महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तमन्त्री नियुक्त गरेका छन् ।
तीन बजे शीतल निवासमा पुन र गृहमन्त्री सुधन गुरुङको सपथ ग्रहण समारोहको आयोजना भइसक्यो । तर, पुन भने आफूलाई मन्त्री नियुक्ति गरिएको बारे प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी नआएको बताउँछन् ।
पुनले टेलिफोन र भेटेर धेरैले बधाई दिए पनि आफूलाई भने खबर नआएको बताए ।
सम्पर्कमा आएका पुनले आफू प्रतिनिधिसभा बैठक कक्षमा रहेको बताए । उनका अनुसार सांसदहरुले पनि मन्त्री नियुक्त भएको भन्दै बधाई दिइरहेका छन् ।
‘बधाई आएको आएकै छ । तर, मलाई मन्त्री नियुक्ति भएकोबारे कुनै जानकारी आएको छैन’, पुनले भने ।
पुनले आफूले प्रधानमन्त्री र उनको टिमका सदस्यहरुलाई समाचारबारे नसोधेको पनि स्पष्ट गरे ।
खबर आएको खण्डमा भने मन्त्री पदको सपथ लिन जाने पुन बताउँछन् । ‘खबरै छैन । सदनमा छु, बैठकको घण्टी बज्यो । खबर आयो भने सपथ खान जानुपर्ला । तर, समाचारमा सुनेकै आधारमा म मन्त्री भएको हुँ भनेर सोध्ने कुरा पनि भएन’, उनले आफ्नै शैलीमा भने, ‘अहिलेसम्म मैले मन्त्री मागेको पनि छैन । कसैले दिन्छु भनेको पनि छैन ।’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग,!
राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न हर्क साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता
"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाब…
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिक्रिया