हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको अपाचे लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि त्यसमा रहेका दुई पाइलट सुरक्षित रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । मध्यपूर्वमा बढ्दो तनावबीच भएको यो दुर्घटनाको कारण भने अझै स्पष्ट भएको छैन ।
मङ्गलबार बिहान भएको उक्त दुर्घटना इरान–इजरायलबीचको पछिल्लो तनावपछि उत्पन्न संवेदनशील परिस्थितिबीच भएको हो । इरान र इजरायलबीच अघिल्लो दिन मात्र भएको गोलीबारीले क्षेत्रीय सुरक्षा अवस्था थप अस्थिर बनाएको थियो । इरानको राज्य सञ्चारमाध्यमले पनि दुर्घटनाको पुष्टि गरेको भए पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
यसअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता मध्यपूर्वमा द्वन्द्व चर्किँदै गएको छ । त्यसयता विश्व ऊर्जा आपूर्ति प्रभावित भएको, तेल तथा खाद्य वस्तुको मूल्य बढेको र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता फैलिएको बताइन्छ । यद्यपि पछिल्ला महिनामा घोषित युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न भने सफल हुन सकेको छैन ।
घटना भएको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एनबीए फाइनल हेरेपछि सञ्चारकर्मीसँग कुरा गरिरहनुभएको थियो । उहाँले दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै पाइलटहरू सुरक्षित रहेको पुष्टि गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “पाइलटहरू ठीक छन्, कोही घाइते छैनन् । हामी भोलि विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछौँ ।”
घटनाबारे पहिलो पटक न्युयोर्क टाइम्सले अमेरिकी सेनाको अपाचे हेलिकप्टर अस्पष्ट परिस्थितिमा हर्मुज जलघाँटी नजिक खसेको रिपोर्ट गरेको थियो । अमेरिकी सेनाको केन्द्रीय कमान्ड र रक्षा मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन तत्काल कुनै जानकारी दिएको छैन ।
यस दुर्घटनाले संवेदनशील समुद्री मार्गमा सैन्य गतिविधि र क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग,!
राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न हर्क साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता
"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाब…
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिक्रिया