कांग्रेस इतरपक्षको युवा भेला जेठ ३० मा

काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले बृहत् युवा भेला आयोजना गर्ने भएको छ ।

कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न यही जेठ ३० गते बृहत् युवा भेला आयोजना गर्न लागिएको नेता भुपेन्द्रजंग शाहीले बताए ।

संस्थापन पक्षमाथि दबाब सिर्जना गर्न भेला आयोजना गर्न लागिएको हो ।