विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्: प्रवक्ता पोखरेल
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रस्टीकरण दिएका छन् ।
मंगलवार मन्त्रीपरिषद्को निर्णय सुनाउने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताअनुसार प्रधानमन्त्री संसदमा उपस्थित हुने जानकारी दिएका हुन् ।
यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उनले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताए ।
उनले भने ‘प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो छैन, सुरुमा उहाँ संसदमा उपस्थित हुँदा उहाँलाई सोध्ने प्रश्न नै रहेनछन् । एकदमै कम प्रश्नहरू आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछन् भन्ने सोच्नुभएको थियो त्यो हिसाबको प्रश्न नै थिएन । फेरि आवश्यकताअनुसार प्रधानमन्त्रीज्यूले मैले संसदमा सम्बोधन गर्नुपर्छ भन्ने जस्तो लाग्छ भने गरिहाल्नु हुन्छ । यदि आवश्यक परेमा प्रधानमन्त्रीले आवश्यकताअनुसार संसद्मा संशोधन गर्नुहुन्छ ।’
विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमासम्बन्धी दिएको अभिव्यक्तिको जवाफ दिनुपर्ने माग गरि संसद् अवरुद्ध गर्दै आएका छन् ।
प्रवक्ता पोखरेलले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले माथि लागेको आरोपको पनि बचाउ गरेका छन् । अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप लागेको छ ।
प्रवक्ता पोखरेलले अर्थमन्त्रीले एकदमै मेहनत गरेर बजेट ल्याएको उल्लेख गर्दै पूर्ण समर्थन रहेको बताए । उनले करका नीति फेरबदलसम्बन्धी कुनै कुरा मन्त्रीपरिषद्मा नउठेको जानकारी दिए ।
उनले भने ‘अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर बजेट ल्याउन भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेस गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ । विपक्षीहरूले स्वार्थ समूहको मिलेमत्तोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राखेका छन् ।
राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न हर्क साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता
"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाब…
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन
प्रतिक्रिया