इरानमा फेरि आक्रमण गर्ने ट्रम्पको संकेत
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन्।
क्याप्सनमा उनले लेखेका छन्, ‘यो आँधी आउनुभन्दा अघिको शान्ति थियो।’
एनिमेटेड तस्बिरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन्। अनि आसपासको वातावरण आँधीबेहरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झन्डा फहराइरहेका छन्।
ट्रम्पको यो पोस्ट न्युयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, ‘अमेरिकाले अर्को हप्ता इरानविरुद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ। यसका लागि पेन्टागन (अमेरिकाको रक्षा मन्त्रालय) ले धेरै विकल्प तयार पारेको छ र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा छ।’
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले आवश्यक परेमा सैन्य कारबाही बढाउने योजना तयार रहेको बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार इरानका सैन्य र पूर्वाधार लक्ष्यविरुद्ध ठुला हवाई हमला गर्ने योजना छ।
उता इरानले भने फेरि आक्रमण गरियो भने अझ ठुलो बलका साथ जवाफ दिइने चेतावनी दिएको छ।
हाल भने केही हप्तादेखि युद्धविराम छ।
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सफलताको मूल मन्त्र: निरन्तर प्रयास र अटल आत्मविश्वास
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
प्रतिक्रिया