कसरी मारिए हमासका कमाण्डर हद्दात ? यस्तो छ इजरायलको भनाइ (विज्ञप्तिसहित)

 हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ ।

अल–हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।

प्यालेष्टिनी सशस्त्र इस्लामिक लडाकू समूह (हमास)ले पनि अल–हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि, इजरायली सेना र गुप्तचर सेवाहरूले गाजा र यस क्षेत्रमा समूहका वरिष्ठ राजनीतिक नेताहरू र लडाकू कमान्डरहरूलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् ।

शुक्रबार सेनाले गाजामा अल–हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उहाँको मृत्यु भएको पुष्टि शनिबार गरेको हो ।

सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, “इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए)ले शुक्रबार गाजाको शहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल–हद्दादको मृत्यु भएको छ ।”

हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन् ।

“हमासका एक वरिष्ठ अधिकारी (सिनियर कमान्डर)ले भने, “गाजा शहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल–हद्दादले शाहदत प्राप्त गर्नु भएको छ ।”

हमासको सशस्त्र शाखाका एक अर्का सदस्यले उनको मृत्युको पुष्टि गरेका छन् ।

हमास निकट स्रोतका अनुसार, हद्दाद, उनकी श्रीमती र एक छोरीसहितको इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

एएफपीका तस्वीरहरूमा शोकाकुल व्यक्तिहरूले हमासको झन्डाले बेरिएको हद्दादको शवलाई भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ।

इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डरमध्ये एक भएको बताएको छ ।

युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउहरू सार्ने व्यवस्था गर्ने काममा पनि हद्दाद संलग्न रहेको बताइएको छ ।

“हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकहरूलाई ढाल बनाएर पटक–पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ।

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्वपूर्ण उपलब्धि’ भनिएको छ ।

“मैले फिर्ता भएका बन्धकहरूसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल–हद्दादको नाम आउने गरेको थियो,” जमिरले भने ।

उनले भने, “आज हामी अल–हद्दादलाई हटाउन सफल भयौँ । आइडिएफले शत्रुहरूलाई पछ्याउने कामलाई जारी राख्नेछ, उनीहरूलाई आक्रमण गर्नेछ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउनेछ ।”

इजरायलले अक्टोबर ७ को आक्रमणको प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताहरूको युद्धको क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ ।