होर्मुजबाट जहाज निकाल्न युरोपेली देशहरूले हामीसँग संवाद थाले : इरान
काठमाडौं । होर्मुज जलमार्ग अवरुद्ध हुँदा रोकिएका आफ्ना जहाजहरू निकाल्न युरोपेली देशहरूले आफूहरूसँग कुरा गरिररहेको इरानले जनाएको छ ।
इरानी सरकारी टेलिभिजनले युरोपेली देशहरू होर्मुज जलमार्ग क्षेत्रबाट आफ्ना अलपत्र फसेको जहाजहरूलाई जान दिने अनुमति प्राप्त गर्ने सम्बन्धमा इरानसँग कुराकानी गरिरहेका दाबी गरेका छन् ।
बीबीसी फारसीका अनुसार इरान टेलिभिजन न्युज नेटवर्क र इरानी ब्रोडकास्टिङ कर्पोरेसनले यो समाचार प्रसारण गरेका हुन् । यसमा युरोपेली देशहरूको नाम उल्लेख नगरी भनिएको छ, “पूर्वी एसियाली देशहरू, विशेष गरी चीन, जापान र पाकिस्तानका जहाजहरू यहाँबाट पार भएपछि, युरोपेली देशहरूले पनि आफ्ना जहाजहरूका लागि होर्मुज जलमार्ग क्षेत्रबाट गुज्रने अनुमति पाउनका लागि रिभोल्युसनरी गार्डको नौसेनासँग कुराकानी सुरु गरेको हामीलाई जानकारी प्राप्त भएको छ ।”
इरानले यसै वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएदेखि नै होर्मुज जलमार्ग लगभग बन्द गरिदिएको छ । जलमार्गमा इरानको नियन्त्रणका कारण विश्वभरको तेल र ग्यास बजारमा गम्भीर असर परेको छ ।
सामान्य दिनहरूमा विश्वव्यापी तेल र एलएनजी निर्यातको लगभग २० प्रतिशत हिस्सा यसै समुद्री मार्ग भएर जाने गर्दथ्यो । यसका साथै अन्य धेरै आवश्यक वस्तुहरू पनि होर्मुज जलमार्ग भएर ओसारपसार हुने गर्दछन् ।
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सफलताको मूल मन्त्र: निरन्तर प्रयास र अटल आत्मविश्वास
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
रास्वपाले भन्यो– प्रधानमन्त्रीले सदनमा जवाफ दिनुहुन्न
प्रतिक्रिया