ट्रम्पपछि अब पुटिन जाँदै छन् चीन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मे १९ र २० मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिन चीन जान लागेका हुन् । रुसले पुटिनको यो भ्रमण दुई देशबीच भएको ‘सद्भाव, मित्रता र आपसी सहयोगसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको जनाएको छ ।
यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो ।
रिपोर्टका अनुसार क्रेमलिनले जारी गरेको वक्तव्यमा पुटिनले आफ्नो चिनियाँ समकक्षी सी जिनपिङसँग रुस–चीनबीचको ‘व्यापक साझेदारी र रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने उल्लेख गरिएको छ ।
क्रेमलिनका अनुसार दुवै नेताले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नेछन् । छलफलपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ । पश्चिमी देशहरूले रुसको तेल तथा ग्यासमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार बनेको छ ।
इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
विश्वमा आणविक हतियारको नयाँ होडबाजी तीव्र, भारत र पाकिस्तानद्वारा शक्ति विस्तार
ट्रम्प भन्छन्: ‘नेतन्याहु मैले जे भन्यो, त्यही मान्छन्’
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
प्रतिक्रिया