विदेशी मुद्राहरुको विनिमयदर : अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत छ। अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ भने पाउन्डसहितका केही मुद्रा सस्तिएका छन्।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०४ पैसा कायम भएको छ। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। त्यसैगरी आज कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७९ पैसा कायम भएको छ।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा कायम भएको छ।