पूर्वराजा शाहले भुटान भ्रमणबारे के भने ?

 पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानको भ्रमण आफ्नो नितान्त निजी भ्रमण भएको स्पष्ट पारेका छन् ।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाहले सो कुरा बताएका हुन् ।

उनले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको सम्मान भएको पनि जिकिर गरे । उनले भने, ‘भुटान भ्रमण मेरो निजी भ्रमण थियो । त्यहाँको राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत, सम्मान मित्रता मैले नेपाल र नेपालीलाई गरेको हो भन्ने ठानेको छु । त्यहाँको राजपरिवारलाई र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’