तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने

काठमाडौँ, २१ असोजः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल पसल अनुगमनका क्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् 

बाढीपहिरोपछि फलफूल तथा तरकारीको मूल्य अस्वभाविक वृद्धि भएपछि अनुगमन गरिएको मन्त्री भण्डारीले बताएका छन् ।उद्योगमन्त्री दामोदर भण्डारीले तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् ।

उनले दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारी र फलफूलको मूल्य अस्वभाविक वृद्धि हुँदा आमसर्वसाधारण मर्कामा परेको भन्दै अबदेखि तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । यसका लागि सम्बन्धित पक्षसँग तत्काल छलफल गरिने मन्त्रीको भण्डारीको भनाई छ ।

‘तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौँ । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ, मन्त्री भण्डारीले भने, ‘उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ ? किसानहरुले कति मूल्यमा बिक्रीवितरण गरिरहेको छन् ? अभाव छ, छैन ? यी सबैकुराहरु हेरेर हामी बजार मूल्य तोक्छौँ ।’

अनुगमनकै क्रममा उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दैव्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षणसमेत गराएका छन् ।उद्योगमन्त्री दामोदर भण्डारीले तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् ।