एमालेको संसदीय दलको बैठक सुरु

 नेकपा एमालेको संसदीय दल बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । 

 

 

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमणको जानकारीका साथै बाढी पहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ । 

 

आजै बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।